१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-४ का ५६ वर्षीय चन्द्रराज आङदेम्बेलाई पुस १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेटर दिवश कुँवरले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २ गते गरिएको छ ।