INSEC Online

📅 २०८३ जेष्ठ २१

राहत वितरणमा एकद्वार प्रणाली तत्कालका लागि लागू नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

सर्वोच्च अदालतले बाढीपीडितका लागि सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने गरेको निर्णय तत्कालका लागि लागू नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ ।

न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले भदौ २ गते सरकारको सो निर्णय हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा बाढीपीडितलाई तत्काल राहत र उपचारको व्यवस्था मिलाउन भनिएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति लगायतलाई विपक्षी बनाई साउन ३१ गते अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा अपूरणीय क्षति भएकाले तत्काललाई बाढीपहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा बाढीपहिरो र डुबान क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र बचाउको कार्य गर्न माग गरिएको थियो भने बाढीपहिरोमा परी जनधन गुमाएका परिवारलाई आवश्यक गास, बास र कपास, औषधोपचार, स्वास्थ्य खानेपानीको व्यवस्था मिलाउन आदेशको माग गरिएको थियो ।

 

अन्य

भिडियो