INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर घर भई हाल बुढानीलकण्ठ नगरपालिका-२, भङ्गालमा बस्दै आएका २४ वर्षीय दिल बहादुर तामाङलाई प्रहरीले ०८० पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुस १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध सोही दिन प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरी प्रभाग, बुढानीलकण्ठबाट खटिएको प्रहरीको टोलीले भङ्गालबाट गिरफ्तार गरेको इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते थापाथलीस्तिथ प्रसुति गृहमा भयो ।

अन्य

भिडियो