INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–१ जैरका २५ वर्षीय आनन्द धामीलाई पुस १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई पुस ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १२ गते जिल्ला अस्पतालमा भएको डा. रोसन रावतले जानकारी दिनुभयो ।

अन्य

भिडियो