४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्तोलाको इजलासले ०८० पुस १२ गते गजुरी गाउँपालिका-२ का २१ वर्षीय आइमान सिंह तामाङलाई आठ वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीका अनुसार जरिबाना बापतकाे रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।
पीडित महिलालाई ०७९ चैत १४ गते बलात्कार गरेको भन्दै पीडितले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । तामाङ चैत १४ गते गिरफ्तार भएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा भयो । आरोपितलाई जिल्ला अदालतको ०८० वैशाख ११ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।