१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुम्लु गाउँपालिका-१ स्थायी घर भई बनेपा नगरपालिका-११, सिनागालका ३५ वर्षीय हरिकृष्ण गिरी विरुद्ध इलाका प्रहरी कार्यालय, बनेपामा ०८० पुस ११ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले पुस ९ गते साँझ पीडितको घरमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ११ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई प्रहरीले पुस १० गते गिरफ्तार गरेको छ ।