INSEC Online

📅 २०८३ जेष्ठ २२

मिटरव्याज पीडित र प्रहरीबीच झडप, चार जना घाइते

pddp
मलंगवा नगरपालिका–१० स्थित सहिद चोकमा ०८० पुस १२ गते मिटरव्याज पीडित र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका छन् ।

मिटरव्याज पीडित संघर्ष समितिका जिल्ला सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर की फतमा खातुनलाई पुस १२ गते प्रहरीले गिरफ्तार गरेको विरोधमा समितिका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा मलंगवा नगरपालिका–४ का २९ वर्षीय दिपु क्ुमार यादव, चन्द्रनगर गाउँपालिका–४ का ३४ वर्षीय सकिरा खातुन, ३३ वर्षीया सहजादी खातुन र मलंगवा नगरपालिका–३ का ३६ वर्षीया सन्जु देवी यादव गरी चार जना प्रदर्शनकारी घाइते भएका छन् भने एक जना प्रदर्शनकारी चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका ३४ वर्षीय तैयब मन्सुरलाई प्रहरीले गिरफ्तार गरेको छ । घाईतेहरूको उपचार पुस १२ गतेदेखि प्रादेशिक अस्पताल मलंगवामा भइरहेको डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयमा मङ्सिर २० गते मिटर व्याज पीडित र साहुकारबीच छलफल भएको थियो । उक्त छलफलको क्रममा फतमाले साहुकारमाथि गरेको कुटपिटको घटनालाई प्रहरी सहायक हबल्दार सीता कार्कीले नियन्त्रण गर्न खोज्दा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन् । हातपात र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी सहायक हबल्दार कार्कीले फतमा विरुद्ध मङ्सिर २२ गते जिल्ला अदालतमा अभद्र व्यवहारको मुद्दा दर्ता गराएको थियो भने अदालतले फतमा विरुद्ध मङ्सिर २७ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले फतमालाई पुस १२ गते गिरफ्तार गर्‍यो।

नेकपा माओवादी केन्द्र मलंगवा मिटरव्याज पीडित नगर संघर्ष समितिका अध्यक्ष ३८ वर्षीय लक्ष्मी नारायण चोैधरीका अनुसार “हामी सिडिओलाई ज्ञापन पत्र बुुझाउन जिल्ला प्रशासन कार्यालय गएका थियौ । तर, सिडिओ कोमल प्रसाद धमलाले समय नदिएपछी शान्ती पूर्वक धर्नामा बसेपछी प्रहरीले आफूहरूको गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाट सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई गिरफ्तार गरेको र धर्ना बसेकख मिटर व्याज पीडितहरूमाथी लाठी चार्ज गर्नुका साथै १२ राउण्ड आश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो ।

यता जिल्ला प्रशासन कार्यालयीका साहायक सिडिओ होम प्रसाद घिमिरेको अनुसार मिटर व्याज तथा अनुचित लेनदेनको मुद्दाका कारण जिल्ला प्रशासन कार्यालयमा दिनहुँ कुटपिट तथा झै–झगडा हुनेहुँदा कार्यालयका कामकाजहरू समेत प्रभावित भएको सो मुद्दा मिलानको सन्दर्भमा समिति निर्माण गरिएको जस अन्तरर्गत जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि, वित्तिय संस्थाका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधिका साथै मिटर व्याज पीडित संघर्ष समिति सर्लाहीका प्रतिनिधि राखेर छलफल गर्ने गरिएको छ ।

त्यस्तै, मिटर व्याज सम्वन्धी मुद्दा जटिल रहेको र यो मुद्दामा वडाध्यक्ष देखि मन्त्री सम्मको दवाव आउने गरेकोले मुद्दा प्रभावित भएको सिडिओ कोमल प्रसाद धमलाले जानकारी दिनु भयो ।

pdppidit

अन्य

भिडियो