२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोरु गाउँपालिका –९ खनायाका ३४ वर्षीय वीरेन्द्र मल्ल विरुद्ध पीडितले पुस ११ गते जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर गर्नु भएको छ ।
पीडितलाई आरोपितले पुस ३ गते पटक पटक राती फोन गरी यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । आरोपित सोरु गाउँपालिका शिक्षा शाखाका प्रमुख हुन ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर अन्तर्गत दफा २२४ अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी जयलाल बुढाले जानकारी दिनुभयो ।