INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम घर भई हाल पोखरा महानगरपालिका– २९ नौबिसे चोक बस्ने २९ वर्षीया रेखा घर्तीको हत्या गरेको आरोपमा ३६ वर्षीय पति रत्नबहादुर घर्तीलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

पत्नी रेखा घर्तीलाई आरोपितले ०८० पुस १२ गते दिउँसो पोखरा महानगरपालिका– २९ नौबिसे चोक स्थित तोरी बारीमा घाँटी थिचेर हत्या गरेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा गिरफ्तार गरि अनुसन्धान सुरु गरेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

शवको पोष्टमार्टमको  आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने विकले बताउनुभयो ।

अन्य

भिडियो