सरकारी वकिल कार्यालय अगाडिबाट फरार भएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदालाई इलाका प्रहरी कार्यालय लहानले ०८० पुस ७ गते पुन: गिरफ्तार गरेको छ ।
आरोपितले पुस ५ गते १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित परिवारले दिएको उजुरीको आधारमा आरोपितलाई पुस ५ गते गिरफ्तार गरी थप अनुसन्धानका लागी म्याद थप गराउन पुस ६ गते अदालत लग्ने क्रममा सरकारी वकिल कार्यालय अगाडिबाट आरोपित फरार भएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस ५ गते भएको थियो ।
बिशेष सूचनाको आधारमा आरोपितलाई कल्याणपुर नगरपालिका–१२ स्थित थलहामा लुकि छिपि बसेको स्थानबाट गिरफ्तार गरेको डिएसपी भट्टले बताउनु भयो ।