INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिका–२१ का ३५ वर्षाीय छोटु सदा विरुद्ध पीडित परिवारले इलाका प्रही कार्यालयमा ०८० पुस ५ गते उजुरी दिए ।

आरोपितले बालिकालाई पुस ५ गते यौन दुर्व्यवहार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस ५ गते भएको थियो ।

घटनाको जानकारी हुना साथ आरोपितलाई पुस ५ गते गिरफतार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।

अन्य

भिडियो