INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधार गृहमा झडप, एक जना घाइते

Parsa

वीरगंज महानगरपालिका–४ को बिर्तास्थित बाल सुधार गृहमा ०८० पुष ५ गते राति झडप भएकाे छ । झडप हुँदा एक जना घाइते समेत भएका छन् ।

बाल सुधार गृहबाट चार जना बालकहरुलाई भक्तपुर बाल सुधार गृह लग्ने विषयमा विवाद हुँदा झडप भएकाे थियाे । झडपकाे क्रममा बाल सुधार गृहका नाइके २३ वर्षीय ललित भुजेल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भयाे । घाइते भुजेलकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे बताउदै हाल सुधार गृहकाे अवस्था समान्य रहेकाे डिएसपी श्रेष्ठले जानकारी गराउनु भयाे ।

केन्द्रकाे परिपत्र अनुसार बिहिबार साँझ सुमाेमा चार जना बालहरुलाई भक्तपुर लग्न खाेज्दा अन्य बालकहरुले अवराेध गर्न खाेज्दा झडप भएकाे बाल सुधार गृहका प्रमुख टिका कृष्ण काफ्लेले बताउनु भयाे । बालकहरुले बाल सुधार गृहकाे कार्यालयमा ताेडफाेड समेत गरेहकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार ताेडफाेडमा उत्रेका बालकहरु केही दिन अगाडि मात्र पुर्ननिर्माण गरिएकाे सुधार गृहकाे रेलिङ र ग्रिल लगायतका भाैतिक संरचनामा क्षति पुर्‍याएका छन् ।

यसका साथै उनीहरुले सुधार गृहकाे डेक्स दुई थान, बेन्च तीन थान, टेबुल दुई थान, दराज एक थान, बक्स पलंग एक थान गिजर एक थान, एसी एक थान, टिभी दुई  थान, कम्प्युटर एक थान ताेडफाेड गरेका छन् ।

बालकहरुले आफूले सुत्ने काेठाकाे बेड र दराज समेत ताेडफाेड गर्नुकाे साथै काेठामा राखिएकाे जरिवानाकाे ७० हजार रुपियाँ र मेराे व्यक्तिगत २५ हजार रुपियाँ समेत लुटपाट गरेकाे प्रमुख काफ्लेले बताउनु भयाे ।

भक्तपुर लग्न खाेजिएकाे चार जनालाई वीरगंजस्थित सुधार गृह मै राख्नु पर्ने उनीहरुकाे माग रहेकाे छ । यस विषयमा पुस ६ गते जिल्ला प्रशासन कार्यालयमा सराेकारवालाहरु बीच भएकाे छलफल भएकाे थियाे । तर, प्रमुख जिल्ला अधिकारी बाहिर भएकाे हुनाले कुनै निर्णय हुन नसकेकाे प्रमुख काफ्लेले बताउनु भयाे ।

अन्य

भिडियो