सोरु गाउँपालिका- ९ खनाया स्वास्थ्य चौकिमा कार्यरत २३वर्षीया तुलसी कुमारी विश्वकर्मालाई साेही गाउँमा डेरा गरी बस्ने घरबेटीले जातीय विभेद गरेकाे पीडितले पुस ३ गते गुनासाे गर्नु भयाे ।
खनायाका स्वास्थ्यकाे प्रमुख सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दै गरिकी गाउँका केटाहरुले राती फोन गर्ने , राती राती औषधिको निउ गरेर आफ्नो कोठामा आफूलाई डिस्टप गर्न आउने , रक्सी खाएर यौन प्रस्ताव गर्ने , आफूलाई साथीको जन्मदिनमा सोरु गाउँपालिका स्वास्थ्य शाखामा कोकको बोतलमा रक्सी मिसाएर खुवाइएको रक्सी खाने स्वास्थ्य कर्मी भनेर आफ्नो नै मानहानी गरेको र साेही गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र बहादुर मल्लले आफूलाई रातिको एक बजे फोन कल गरेर यौन दुर्व्यवहार गरेको उहाँले बताउनु भयाे ।
सबै कुरालाई लिएर आफ्नो सुरक्षाको लागि स्वास्थ्य शाखामा प्रस्ताव गर्दा कुनै सुनुवाइ नभएको आफू असुरक्षित भएको कुरालाई कार्यपालिकाको बैठकमा राख्छु भने मात्र अगाडि नबढेको इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयाे ।
आफू बसेको घारमा घरबेटीले तल्लो जातीको भएको थाहा थिएन अहिले थाहा भयो हामिलाई गाउँलेले पनि राम्रो मान्दैनन् । हाम्रो घर छोडेर अन्त कतै कोठा खोज आफूलाई भन्दा अरुले पनि मलाई कोठा दिन कसैले पनि नमानेको पीडितले बताउनु भयाे ।
दाङ तुल्सिपुर उपमहानगरपालिका -११ घर भइ कर्णाली प्रदेश लोकसेवा परिक्षामा ७८/७९ मा अनमि स्थायी भएर सोरु गाउँपालिका – ९ खनायाको स्वास्थ्य चौकिमा माघ ९ गते सोरु गाउँपालिकाले खटाएकाे थियाे ।
घटनाकाे बारेमा गाउँपालिकामा जानकारी नआएको र अब छानविन गरी पीडितलाई न्याय दिलाउन आफू लागी पर्ने सोरु गाउँपालिकाका उपाअध्यक्ष केस जङ्ग शाहीले बताउनु भयाे ।
पीडित न्यायको लागि उजुरी दिए लगत्तै कानुनी प्रकृया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले बताउनु भयाे ।