INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले गाैरादह नगरपालिका-६ का २३ वर्षीय दीपक बराइलीलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आराेपितले ०८० मङ्सिर २५ गते बलात्कार गरेकाे आरोपमा पीडित पक्षले आरोपितविरुद पुस ४ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कन्काइ नगरपालिका-२ सुरुङ्गा बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयाे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा पुस ४ गते गरिएको छ ।

अन्य

भिडियो