INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस २ गते बरहथवा नगरपालिका–१० का ३० वर्षीय नरेन्द्र कुमार यादव विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई मङ्सिर २७ गते पीडितकै घरमा कुटपिट गरी बलात्कार प्रयास समेत गरेको पीडितको आरोप रहेको छ ।

घटना पश्चात उजुरी दिए लगत्तै आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका ईन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो