INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका-२, झ्याउलीका ४९ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस ३ गते बलात्कार गरेको भन्दै पीडितले पक्षले सोही दिन जिल्ला प्रहरी परिसरमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चाँगुनारायण नगरपालिका-५, पिखेलबाट गिरफ्तार गरेको इन्सेकलाई जानकारी दिनुभयो ।

डिएसपी पाठकले भक्तपुर जिल्ला अदालतबाट पुस ४ गते पाँच दिनको म्याद थप गर्दै आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा भयो ।

अन्य

भिडियो