१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गोलबजार नगरपालिका–४ का २१ वर्षीय रोहित दास विरुद्ध परेको उजुरी इलाका प्रहरी कार्यालय गोलबजारले ०८० पुस २ गते दर्ता गरेको छ ।
पीडित परिवारका अनुसार आरोपितले बालिकालाई मङ्सिर २८ गते बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा पुस १ गते उजुरी दिएको पीडित बालिकाको आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते भएको थियो ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टरका सुनिल कार्कीले बताउनु भयो ।