१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ को नवदर्शन मावि, तिल्पुङका शिक्षक ३४ वर्षीय मानबहादुर सार्कीलाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते मन्थली अस्पतालमा भयो । आरोपितले पीडित बालिकालाई घर नजिकै कोही नभएको पुरानो घरमा लगेर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीले बताउनु भयो ।