१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले बर्दिया जिल्ला मधुवन नगरपालिका–३ का २१ वर्षीय सागर चौधरीलाई मङ्सिर २६ गते १० वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई १० वर्ष कैद, ४ लाख रूपियाँ जरिवाना र ३० हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिव बहादुर थापाले बताउनु भयो ।
पीडितलाई आरोपितले २०७८ मााघ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई माघ ९ गते पाल्पाबाटै गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते पाल्पा अस्पतालमा गरिएको थियो ।