INSEC Online

📅 २०८३ जेष्ठ २१

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न खोजेपछि २८ जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले २८ जनालाई ०८० मङ्सिर २९ गते भद्रकालीबाट गिरफ्तार गरेको छ ।

काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा वृहत नागरिक आन्दोलन, मिटरब्याज विरुद्ध सङ्घर्ष समिति र मृतक आरती साहका आफन्तले रत्नपार्कबाट र्‍याली निकालेर भद्रकाली पुगेर माइतिघर मण्डलातर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

प्रहरी गिरफ्तारीमा पर्नेहरूमा धनुषाकी २२ वर्षीया मनिषा साह, धनुषाकी ४६ वर्षीया निर्मलादेवी साह, धनुषाका ४८ वर्षीय विनोदप्रसाद साह, धनुषाका २४ वर्षीय प्रेम साह, सिन्धुपाल्चोककी २८ वर्षीय सिता माझी, काठमाडौँकी २४ वर्षीया मुना केसी, बाग्लुङका ४५ वर्षीय गोबिन्द छन्त्याल, अछामका २५ वर्षीय अभिषेक भुल, बाजुराका ३५ वर्षीय निर्ग नविन, बाराका ३० वर्षीय नविन तिवारी, पर्साका २८ वर्षीय हरिशङ्कर दुवे, काठमाडौँका २९ वर्षीय बसन्त रञ्जितकार, काठमाडौँका ३२ वर्षीय शक्ति बंसकार, झापाका २५ वर्षीय शिशिर उप्रेती, काठमाडौँका ५२ वर्षीय सन्जिव उप्रेती, काठमाडौँका ४६ वर्षीय अभय श्रेष्ठ, काठमाडौँकी २९ वर्षीया बोध कुमारी गिरी, सिरहाका २४ वर्षीय प्रकाश रैदास, चितवनकी २६ वर्षीया सम्सु निसा, काठमाडौँकी ३२ वर्षीया फातमा खातुन, कञ्चनपुरकी २४ वर्षीया शारदा कुर्मी, काठमाडौँका २८ वर्षीय तैयव मन्सुर, काठमाडौँकी २६ वर्षीया निलम पोखरेल, काठमाडौँकी ३१ वर्षीया सरिता श्रेष्ठ, काठमाडौँकी ३८ वर्षीय गीता नेपाल पाण्डे, दाङकी ४० वर्षीया चन्द्रकला ओली आचार्य, काठमाडौँका ३१ वर्षीय गुन्ज गुरुङ र काठमाडौँकी २८ वर्षीया प्रणेता रहेका थिए ।

इन्सेक प्रतिनिधिसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुङ्गेलले गिरफ्तारीमा परेकामध्ये निर्घ नबिनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा दुई घण्टा राखेर रिहा गरेको जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ०८० मङ्सिर ६ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित माइतीघर मण्डला लगायत काठमाडौँका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकेको थियो ।

Photo_080-8-29_Kathmandu2

Photo_080-8-29_Kathmandu1

Photo_080-8-29_Kathmandu

अन्य

भिडियो