INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितलाई जन्मकैदकाे फैसला

९ वर्षीया बालिकालाई बलात्कारको आरोपमा भानु नगरपालिका–१० का १९ वर्षीय सुदिप थापा मगरलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश कोमलप्रसाद आचार्यको मङ्सिर २८ गतेको इजलासले अन्तिम फैसला गर्दै आरोपिलाई जन्मकैदको सजाय र ६ लाख रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपुर्तीको सजाय सुनाएको अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिनुभयो ।

आरोपितले ०७९ भदौ १७ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले ०७९ भदौ २४ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिनु भएको थियो । प्रहरीले आरोतिपलाई भदौ २५ गते गिरफ्तार गरेकोमा जिल्ला आदलतको आदेशले असोज २० गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

पीडित बालिकाको भदौ २४ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

अन्य

भिडियो