INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षात्का कारण भएको जनधनको क्षतिप्रति इन्सेकद्वारा दुःख व्यक्त

विगत केही दिनदेखि अविरल परेको वर्षाका कारण भएको जनधनको भएको क्षतिप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुःख व्यक्त गरेको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा साउन ३१ गते जारी विज्ञप्तिमा घटनामा मृत्युवरण गरेका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

‘बाढी पहिरोका कारण आमनागरिकलाई परेको पीडाप्रति समानुभूति रहेको जनाउँदै हामी राहत, उद्धार, बिरामीको उपचार र विस्थापितहरूको पुनर्स्थापना गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ ।’-विज्ञप्तिमा भनिएको छ ।

विगत केही दिनदेखिको भारी वर्षाका कारण देशभर ९१ जनाको मृत्यु हुनुका साथै ३८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपत्तिको सामना गर्न राज्यको एकल प्रयासमात्र पर्याप्त नहुने भन्दै इन्सेकले राहत वितरणको प्रणालीलाई पारदर्शी, सहभागितामूलक बनाएर मात्र राज्यसँगको साझेदारीलाई स्थापित गर्न सकिने उल्लेख गरेको छ ।

‘विपत्को यस घडीमा प्रभावकारी उद्धार र राहतका साथै प्रभावकारी संयन्त्रमार्फत प्रभावितहरूको धनजनको सुरक्षा, पुनर्स्थापनाका कार्यमा तदारुकता देखाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहान्छौँ । विपत्ले हामीलाई शिक्षा पनि दिन्छ । सन् १९५३ यता बारम्बार कोशीको बाढी र अन्य प्राकृतिक विपत्तिले दिएको शिक्षालाई दीर्घकालीन भूउपयोग नीति बनाएर अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ ।’-विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो