२८ वर्षीया महिलालाई सिरहा नगरपालिका—१४ का २७ वर्षीय सुमनकुमार साहले बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० मङ्सिर २४ गते उजुरी दिए ।
आरोपितले मङ्सिर २१ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर २४ गते भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।