INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीको हत्या, विद्यार्थी सङ्गठनद्वारा भत्र्सना

कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको साउन २८ गते बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेको राससले जनाएको छ ।

बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो ।

मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएका थिए । विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्दै हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भत्र्सना गरेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । जाग्री नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए । हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् ।

अन्य

भिडियो