१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला अदालतमा मङ्सिर २१ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सोही दिन मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले २०७९ साउन १५ गते साँझ बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७९ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । खेतमा काम गरी घरतर्फ आइरहेका बेला गम्छाले मुख थुनी डरत्रास देखाई कब्रिस्तान नजिकको जङ्गगलभित्र बलात्कार गरी आरोपित फरार भएको पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयले ०७९ साउन २० गते उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २० गते नै गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला अदालतले ०७९ साउन २६ गते आरोपितलाई पक्राउ गर्न अनुमति दिए पनि आरोपित गिरफ्तार भएका छैनन् ।