INSEC Online

📅 २०८३ जेष्ठ २१

सोती घटना: अदालतको फैसलापछि पीडित परिवारमा खुसी

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीगाँउमा नवराज विक सहित छ जनाको ज्यान गरी भएको हत्याकाण्डको फैसला सुनेपछि पीडित परिवार खुसी भएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा संलग्न २४ जनालाई मङ्सिर १९ गते जन्मकैदको फैसला सुनाएपछि पीडित परिवार खुसी भएका छन् ।

सोती घटनाको फैसला आफनो पक्षमा आउछ भन्ने आशा कुरेका आमा बुवा सहित आफन्त जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलाको स्वागत गरेका छन् ।

सोती हत्या काण्डमा मारिएका नवराज विककी आमा उर्मिला विकका अनुसार ‘छोराले न्याय पाउनु पथ्र्यो पायो, दोषी नछुटुन निर्दोष नपरुन भन्ने चाहाना थियो पुरा भएको छ । हामीले छ जना युवाको लाश भेरी नदीबाट जसरी निकालेका थियौ त्यसरी नै दोषी ठहर भएका व्यक्तिको उनीहरुको आफन्तले कारागारबाट लाश  निकाल्नु  परोस भन्ने कामना गरेका थियौ पुरा भएको छ’ उहाँले भन्नु भयो ।
लामो समयसम्म फैसला नभएपछि न्याय पाउछौ कि पाउदैनौ भन्ने चिन्तामा थियौ अदालतले गरेको फैसला पछि खुसी भएको बताउनु भयो । तीन वर्षपछि पीडितको पक्षमा न्याय दिने न्यायालयलाई धन्यवाद दिनु भएको छ । नवराज विक सहित ६ जनालाई न्याय दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने जिल्ला न्यायाधीश , कानुन व्यवसायी, पत्रकार र मानव अधिकारकर्मी सबैलाई धन्यवाद दिनु भएको छ ।

न्यसै गरी सञ्जु बिक बुवा बलबहादुर विकले लामो सयमयको अन्तरालमा न्यायलयबाट न्याय पाउदाँ छोराको आत्मले शान्ति पाएको बताउनु भयो । नानाथरी हल्ला बाहिर आएपछि सशंकित भएका थियौ न्यायालयको फैसला सुनेपछि न्याय जिवित रहेको प्रमाणित गरेको बताउनु भयो । न्यायलयको फैसलाले आगामी दिन अपराधिक घटना न्युनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।

चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते भएको घटनाको लामो सयमसम्म टुङ्गो नलागेपछि निराश बनेका परिवार मङ्सिर १९ गते जिल्ला न्यायधीश खडकबहादुर केसीको एकल इजलासले घटनामा मुद्दा दर्ता भएको ३४ जना मध्य २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला अदालतको सूचना अधिकारी गोविन्द प्रसाद कोईरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना तारेकमा रिहा भएका एक जना गरी २४ जनालाई जन्मकैदको फैसला गरेको छ ।

तत्कालीन वडा अध्यक्ष डम्वरबहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल,सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल,नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल धनराज राना, नविन कुमार घर्तिमगर, बिराज पुनमगर, भिमबहादुर पुन, रमित पुनमगर, बिष्णु मल्ल, तिनजना नाम परिवर्तित मध्य घटनामा मृत्यु भएका नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा दाई र भाई छन् ।

जन्मकैदको फैसला भएका २४ जना मध्य मल्ल ठकुरी थरका सबैलाई जातीय छुवाछुतको लगाएर दुई वर्ष कैद पचास हजार रुपियाँ जरिबाना भएको छ भने नवराजकी प्रेमिका भनिएकी किशोरी र उनको आमालाई जातीय छुवाछुत दुई बर्ष कैद पचास हजार रुपियाँ जरिबाना भएको छ ।

जाजरकोट र रुकुम पश्चिम सिमा रहेको भेरी नदी किनारमा भएको घटनामा छ जना युवाले ज्यान गुमाएका थिए । नवराज र सोतीकी मल्ल थरकी किशोरी बीच प्रेम सम्बन्ध भएपछि घटना भएको थियो । प्रेमीकालाई विवाह गरी लैजान भनी जाजरकोटबाट आएका युवालाई छिमेकीले आक्रमण गरेका थिए । भेरी नगपालिका–४ नवराज विक, सञ्जु विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाँउपालिकाका गणेश बुढामगर, रुकुम पश्चिम चौरजहारी नगरपालिक–१ का टिकाराम नेपालीको मृत्यु भएको थियो । घटनामा मृत्यु भएका छ जनाकै शव भेरी नदीबाट निकालिएको थियो ।

तारेकमा रहेका आठजनाले सफाई दिएको छ । तुलामार घर्ति, डिल्ली घर्ति, लोकेन्द्र घर्र्ति, सौरभ पुन, भिमबहादुर बुढा ईन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, र दिपेन्द्र चन्दले सफाई पाएका छन् । पीडितका परिवारलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार रुपियाँ जरिबाना गरी दामासाही तरिकाले उपलब्ध गराउने फैसला भएको छ । पेशीको सुनुवाइ मङ्सिर १७ गते देखि तीन दिन सम्म लगातार भएको बहस सकिएपछि फैसला भएको हो ।

Photo20231206Jajarkot

अन्य

भिडियो