१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित धनगढीमाई नगरपालिका–७ का २१ वर्षीय रमेशकुमार महतोलाई इलाका प्रहरी कार्यालय लहानले मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८० साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ २४ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा भदौ २४ गते भएको थियो । फरार रहेको आरोपितलाई खोज तलास गरी गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।