INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नम्बर ४ मा द्वन्द्वकालीन एक सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न

प्रदेश नम्बर ४ मा  सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रादेशिक मुकामले द्वन्द्वका १ सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको जानकारी दिएको छ ।

उक्त मुकाम असार ७ गते पोखरामा स्थापना गरिएपछि द्वन्द्वकालका विभिन्न घटनाहरूको प्रारम्भिक अनुसन्धान गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोग प्रदेश नम्बर ४ का विज्ञ खगराज आचार्यले बताए ।

हालका लागि १ हजार ओटा घटनाको उजुरीमा अनुसन्धान गर्ने आयोगको ४ नं प्रदेश कार्यालयको लक्ष्य लिएको जनाइएको छ । आयोगको प्रारम्भिक अनुसन्धानका लागि इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी भएको विज्ञ आचार्यले जानकारी दिए ।

घटनाको अनुसन्धान गर्नाका लागि पीडितलाई पत्राचार, फोनलगायतका माध्यामबाट खबर गरी बोलाउने गरिएको उनले बताए ।

हालसम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा निर्धारित समयमा दर्ता गर्न छुटेका १९ ओटा थप उजुरी आएको सो कार्यालयले जनाएको छ ।

अन्य

भिडियो