INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका—६ का २१ वर्षीय रामरिझन यादव विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी प्रहरीले ०८० मङ्सिर १५ गते दर्ता गरेको छ ।

आरोपितले महिलालाई मङ्सिर १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर १४ गते उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर १४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टका अनुसार घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरिएको र आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो