मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।
होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ आफ्नै छोरा रुपेशले मादक पदार्थ सेवन गरेर घरायसी विवाद हुँदा कुचोको डाँठले हिर्काउँदा गम्भिर घाइते हुनुभएको थियो ।
उहाँको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा सोही दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम मङ्सिर १७ गते जिल्ला अस्पतालमा भएको छ ।