INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धार्थनगर नगरपालिका–११ का २२ वर्षीय पिन्टु भनिने शिवकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ११ गते उजुरी दर्ता गरेका छन् ।

पीडितलाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ  ।

अन्य

भिडियो