INSEC Online

📅 २०८३ जेष्ठ २१

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा‍‍. पुजन रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्रतिष्ठानमा मातृ तथा नवजात शिशु कार्यक्रम निशुल्क सेवा हँुदा पनि स्वास्थ्य संस्था बाहिर असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै भएकोले जोखिम बढेको हो ।’

उहाँका अनुसार यसले महिलाको स्वास्थ्य समस्यालाई जटिल बनाएको छ । असुरक्षित गर्भपतनको समस्या बढ्दो छ । गर्भवती महिलाको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गर्ने कानुनी व्यवस्था छ । तर गर्भपत गर्नका लागि व्यक्ति र संस्था दुबै सुचिकृत भएको हुनुपर्छ । जुम्लामा मेडिकलबाट गर्भपतनको औषधि सेवन गरी रक्तश्राव भएका महिलाहरु उपचारको लागि प्रतिष्ठानमा पुग्ने गरेको डा. रोकायाले बताउनुभयो ।

जिल्ला सरकारी वकिल रेनुका राईका अनुसार हाडनाता र जबरजस्ती करणीबाट गर्भवतन गराउन पाउने कानुनी मान्यता छ । उहाँले भन्नुभयो, ‘सबै भन्दा समस्या सचेतनाको अभाव हो । बालिकामाथि दिनप्रति हिंसा बढी रहेका छन् । बालविवाह अझै बढ्दो क्रममा छ । यहाँका अभिभावकले छोरीलाई पनि छोरा सम्मान सोच्न जरुरी छ । नेपाल जस्तो देशमा विशेष गरी छोरा पाउने नाममा पनि धेरैले गर्भपतन गरेको पाइन्छ ।’

त्यस्तै गरी, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्दा अचार्यले मेडिकलबाट वितरण गरिने गर्भपतनको औषधि रोक्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयोे ‘अशिक्षा तथा गर्भ निरोधक चक्कीको प्रयोग बारे जानकारी नहुँदा पनि गर्भपतन गर्ने क्रम बढ्दो हो ।’

प्रतिष्ठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा गर्भपतन ४ सय ९५ ओटा रहेका छन् । जसमध्य असुरक्षित गर्भपतन १ यस १३ जनाले गरेका छन् । तीन जनालाई आईसियुमा राखेर उपचार भएको छ । यस्तै गरी २०८०/८१ मा १ सय ५३ मा गर्भपतन सङ्ख्या रहेको छ । जसमध्य ४९ जनाले असुरक्षित गर्भपतन गरेको तथ्याङ्क रहेको छ । जसमा पाँच जनालाई आइसियुमा राखेर उचार गरिएको हो ।

अन्य

भिडियो