INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–३ का २८ वर्षीय श्याम कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा ०८० मङ्सिर ११ गते पीडित पक्षले उजुरी दिनु भयो ।

पीडितलाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो