INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाको उजुरी दर्ता

५९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका—७ का ५० वर्षीय मोहमद मोतिबुल शेख विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर ११ गते दर्ता गरेको छ ।

आरोपितले महिलालाई मङ्सिर ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा मङ्सिर ५ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर ५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको बताउनु भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो