म्याङलुङ नगरपालिका-३ नागदहस्थित तेहृथुम आधारभूत विद्यालयको कार्यालयमा अज्ञात पक्षले ०८० मङ्सिर २ गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।
अज्ञात पक्षले विद्यालयको अफिस कोठाको कोठा फुटाइ कागपत्र राखिएको दराज तोडफोड गर्नुका साथै कागजपत्र छरपष्ट पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याङलुङ नगरपालिका-३ का वडाध्यक्ष मीननाथ दाहालले अज्ञात पक्षले ०८० मङ्सिर २ गते राति विद्यालयको अफिस कोठामा तोडफोड गरेको बताउनु भयो ।
तोडफोडबाट ३५ हजार रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष दाहालको भनाइ छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।