१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का २१ वर्षीय बुद्धबहादुर चेपाङ विरुद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ३० गते जबरजस्ती अपहरण गरी बेनिघाट रोराङ गाउँपालिका-१ मा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अपहरणपछि बन्धक बनाइएकी बालिकाको मङ्सिर २ गते परिवारले मुक्त गराएको डिएसपी जैसवारले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते धादिङ अस्पतालमा भयो । घटनाका फरार आरोपितको खोजी कार्य भइरहेको डिएसपी जैसवारले इन्सेकलाई जानकारी दिनुभयो ।