३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय सुरेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई मङ्सिर २ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित फरार रहेकोले खोजी तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।