INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी कार्यालय र विद्यालय बन्द

भरतपुर महानगरपालिका-१९ मा साउन २० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने भएको हुँदा उक्त वडामा रहेका सम्पुर्ण शिक्षण संस्था र सरकारी कार्यालयहरू बन्द गर्न जिल्ला सुरक्षा समिति चितवनले आग्रह गरेको छ ।

त्यस्तै भरतपुर महानगरपालिका- १९ मा सम्बन्धित निकायद्वारा निर्धारित ढाँचाको पास बिना दुई पाङ्ग्रे/चार पाङ्ग्रे र अन्य सवारी साधन समेतमा प्रवेश निषेध गरिने तथा वडा नं. १९ को छिमेकी वडाहरूको नाकामा प्रहरी र ट्राफिक प्रहरीको चेक जाँच बिना नपठाइने र वडा नं. १९ का मतदाताहरू, उम्मेदवारहरू र प्रवेश पास भएका व्यक्ति बाहेकका अन्य व्यक्तिहरूको प्रवेशमा निषेध गरिएको समितिले जनाएको छ ।

सुरक्षा निकायद्वारा प्रभावकारी सुरक्षा व्यवस्था भएकाले आफ्नो मताधिकार निर्वाध रूपमा प्रयोग गर्न  अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

अन्य

भिडियो