INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बुवालाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण मङ्सिर १ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो