INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–७ मनेहरा गौरीटोलका २६ वर्षीय गणेश चौधरी विरुद्ध पीडित पक्षले ०८० मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई मङ्सिर ३ गते ललाईफकाई आफ्नै घरभित्र बोलाइ यौन दुर्व्यवहार गरेकोले आरोपित विरुद्ध मङ्सिर ६ गते जिल्ला  प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित बालिकाकी हजुरआमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षको मौखिक जानकारीका आधार आरोपितलाई मङ्सिर ३ गते नै गिरफ्तार गरिएको भए पनि पीडित पक्षले मंङ्सिर ६ गते मात्रै यौन दुर्व्यवहार अन्तर्गत लिखित उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित विरुद्ध यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपमा अनुसन्धान भइरहेको डिएसपी चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितकी हजुरआमाले बताउनु भयो ।

अन्य

भिडियो