INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालतद्वारा टिकटक एप प्रतिबन्ध विरुद्ध सरकारसँग कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको ०८० मङ्सिर ५ गतेको इजलासले टिकटक बन्द गर्नुको कारण माग गर्दै मङ्सिर १५ भित्र लिखित जबाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद्को कात्तिक २७ गते बसेको बैठकले सामाजिक सद्भाव बिगार्न सघाउ पुर्‍याएको भन्दै नेपालमा सामाजिक सञ्जाल एप टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय विरुद्ध सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले टिकटक एप प्रतिबन्धका सन्दर्भमा मङ्सिर १९ गते पूर्ण सुनुवाईका लागि पेशी समेत तोकेको छ ।

अन्य

भिडियो