भरतपुर महानगरपालिकाको मतगणनास्थल अगाडि साउन १७ गते समाचार सङ्कलन र तस्वीर लिन पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिएको आरोप लगाउँदै जिल्लाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यशैलीको नेपाल पत्रकार महासङ्घ चितवन शाखाले घोर निन्दा गरेको छ ।
‘मूख्य निर्वाचन अधिकृत न्यौपाने चितवनमा भएको स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएदेखि नै मिडियामैत्री नभएको महसुस हामी सबै सञ्चारकर्मीले गरेका छौँ ।’-महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाद्वारा साउन १७ गते जारी विज्ञप्तिमा उल्लेख छ ।