३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ४५ वर्षीय प्रकाश जैसीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिला घरमा एक्लैरहेको अवस्थामा आरोपितले कात्तिक २९ गते बलात्कार गरेपछि फोन मार्फत प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले बताउनु भयो ।
पीडित पक्षले फोनमार्फत घटनाका बारेमा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदीप चन्दले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २९ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरीएको पीडितका आफन्तले बताउनु भयो ।