INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका –१७ बिरौटा निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई  खुर्पाले हानेर हत्या गरेको आरोपमा २२ वर्षीय छोरा रविन क्षेत्रीलाई प्रहरीले  कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादमा आफ्नै बुवालाई कात्तिक २८ गते खुर्पाले हानेपछि घाइते हुनुभएका राम क्षेत्रीको उपचारका क्रममा सोही दिन पोखराको चरक मेमोरियल अस्पतालमा मुत्यु भएको थियो ।

रविनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट गिरफ्तार गरेको हो ।

आरोपितलाई गिरफ्तार गरि हत्या सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम कात्तिक २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको छ ।

अन्य

भिडियो