राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कात्तिक २१ गते स्थलगत निरिक्षण गर्नुभएको छ । राष्ट्रपतिले भुकम्प प्रभावित क्षेत्रको अवस्था बुझन आउनुभएको हो । भूकम्प पीडितको दैनिक जनजिविकासँग जोडिएका विषयमा सम्वेदनशील भएको बताउनुभयो ।
जाजरकोट सदरमुकाम खलंगामा भूकम्प प्रभावितको अवस्थाको जानकारी लिन पुग्नु भएका राष्ट्रपति पौडेलले भूकम्प पीडितसँग सरकारका सबै निकाय सम्देवदनशील भएर लागेको बताउनुभयो ।
जिल्ला अस्पतालमा उपचाररार्थ घाइतेको अवस्थाका बारेका जानकारी लिनु भएको छ । भुकम्प प्रभावित भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा क्षेतिग्रस्त भवनको अवलोकन गर्नुका साथै पीडितको गाँसबासका लागि सरकार गम्भीर भएर जुटेको बताउनु भयो । पीडितहरु ठगिने काम नहोस भन्दै विपतको समयमा संयम हुन आग्रह गर्नु भयो । सरकारको सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रका पीडितको राहत उपचारमा कमी हुन नदिन व्यवस्थापनको पक्षमा केन्द्रित भएको बताउनुभयो ।
भूकम्पमा परि मृत्यु भएकालाई श्रद्धान्जली दिनुका साथै घाइतेहरुको स्वास्थ्य लाभको काम गर्नुभयो ।

