चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीयाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका–४ का २३ बर्षीय रहिस खाँलाई ०८० कार्तिक १८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कार्तिक १६ गते बलात्कारपछि हत्या गरेर स्थानीय हुँग्दीखोलामा फालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
कात्तिक १६ गते खेतमा काम गर्न गएको र खेतबाट खेतालालाई सुर्ती किन्न पसल गएपछि सम्पर्क विहीन भएकी थिइन् । बालिका शव कात्तिक १७ गते बिहान खोलामा डुबेको अवस्थामा फेला परेको थियो । बालिका मृत फेला परेदेखि शान्ति सुरक्षा र घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै पीडित बालिकाका आफन्त र स्थानीय आन्दोलित भएका छन् ।