२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका इलाम नगरपालिका-१२ का ३० वर्षीय उदय एक्तेनलाई साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७३ फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा फागुन १२ गते उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पताल मोरङमा गरिएको थियो । फरार एक्तेनलाई इलाम नगरपालिकाको गोलाखर्कबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।