नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका-४ वडावारीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा कात्तिक १४ गते गरिएको छ ।