INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्ही चपेना गाउँपालिका-४ का ३२ वर्षीय गुजाइ मलाहा मुखियालाई साउन ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ८ गते गरिएको जिल्ला प्रहरी कार्यालयका सई हरि खडकाले बताए ।

 

अन्य

भिडियो