११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका-२ छिन्ताङका २९ वर्षीय झलकमान राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडितले सोही दिन प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ११ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।